बोधि मार्ग दर्शन मैत्री धर्म

महा सम्बोधी धर्म संघ गुरु द्वारा प्राप्त मैत्री धर्मका सर्वज्ञान गुणहरु

मैत्रीय एघार वटा शीलहरु

१. नाम, रुप, वर्ण, लिङ्ग, वर्ग, आस्था, समुदाय, शक्ति, पद, योग्यता आदिको आधारमा भेदभाव कहिल्यै नगर्नु तथा भौतिक, आध्यात्मिक भन्ने मतभेदहरु त्याग्नु |

२. शास्वत धर्म, मार्ग र गुरुको पहिचान गरि सर्व धर्म र आस्थाको सम्मान गर्नु |

३. असत्य, आरोप, प्रत्यारोप, अवमूल्यन तथा अस्तित्वहीन वचन गरेर भ्रम फैलाउन त्याग्नु |

४. भेदभाव तथा मतभेदको सीमाङ्कन गर्ने दर्शन वा बाटोलाई त्यागी सत्य मार्ग अपनाउनु |

५. जीवन रहुन्जेल सत्य गुरु मार्गको अनुसरण गर्दै पाप कर्महरु त्यागी गुरु तत्वको समागममा सदा लीन रहनु |

६. आफुले प्राप्त नगरेको तत्वलाई शब्दजालको व्याख्याले सिद्ध गर्न नखोज्नु तथा भ्रममा रहेर अरुलाई भ्रमित नपार्नु |

७. प्राणी हत्या, हिंसा जस्ता दानवीय आचरण त्यागी सम्यक आहारा गर्नु |

८. राष्ट्रिय पहिचानको आधारमा मानिस वा राष्ट्र प्रति संकीर्ण सोच नराख्नु |

९. सत्य गुरु मार्गको अनुसरण गर्दै आफू लगाएत विश्वलाई लाभान्वित गर्नु कर्म गर्नु |

१०. सत्यलाई उपलब्ध भई गुरु मार्ग रुप लिई समस्त जगत प्राणीको निमित्त तत्व प्राप्त गर्नु |

११. चित्तको उच्चतम र गहनतम अवस्थामा रहेर अनेकौं शीलहरुको आत्मबोध गरि सम्पूर्ण बन्धनबाट मुक्त हुनु |

महा सम्बोधि धर्म संघको सन्देशहरू

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.